हल्दिबारी, २ चैत्र । हल्दिबारी गाउँपालिका वडा नं. ५ ले ३०५ जनाको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

वडा नं. ५ का वडा अध्यक्ष खड्ग बहादुर लावतीका अनुसार वडामा रहेका अति बिपन्न , दलित, अल्प संख्यक, आदिवासी–जनजाती र दिर्घ रोगी बिमारीहरुको ६१ परिवारका ३०५ जनाको वडाको सिलिङ् बजेट मार्फत निशुल्क स्वास्थ्य बिमा गरिदिएको हो । वडामा करिब १ हजार घर धुरी रहेकोमा हाललाई आवश्यक्ता अनुसार अति बिपन्न परिवारका सदस्यको बिमा भएको हो ।

त्यसै गरि वडाले महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले एक महिने सिलाई कटाई तालिम संचालन गरेको छ ।वडाका अति बिपन्न परिवारका २२ जना महिला दिदी बहिनीहरुले तालिममा भाग लिएको वडा सचिव भजन संग्रौलाले जानकारी दिनु भयो । वडाको ४० हजार सिलिङ् बजेड मार्फत उनिहरुलाई सिलाई कटिङ्ग तालिम दिइएको कार्यपालिका सदस्य तथा महिला बिकास कार्यक्रमकी संयोजक शुस्मा महराले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार