कविता: “गन्तब्य र मार्ग मनमोहक छ”

गन्तब्य दूर छ वा नजिक ,
मनमा रहोस आश -विश्वास,
प्रयासको प्रदीप प्रज्वलित गर,
हटने छ अन्धकार , हुने छ प्रकाश ।

मार्ग छ जरूरी गन्तब्यका लागि ,
लक्ष्य पनि जरूरी गन्तब्यका लागि ,
लक्ष्यमा गवेषण गर्नु पर्छ ,
लगन छ जरूरी गन्तब्यका लागि ।

कस्टकर होस पथ, डर छैन ,
प्रयासमा आलटाल गर्नु हुँन्न ,
मर्नु त निश्चित छ नै जब,
मर्नु भन्दा पहिले तिमी डर्नु हुँन्न ।

मार्गको बिना गन्तब्य अधुरो ,
बिना गन्तब्य हिडनु छ बॉध्यता ,
त्यसै भटकिनुले के लाभ हुने छ ,
लक्ष्य निर्धारित होस , तय गरी दिने छ ।

गन्तब र मार्ग बन्धु हो मीत हो ,
एक अर्काको पूरक सुरमय गीत हो ,
कहिले जित्नका लागि हार्नु जरूरी,
किनकी गन्तब्य र मार्ग मनमोहक छ ।

✍ देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार