आजको नजर
मिल्न सक्छ
सुन सानी !
तिम्रो र मेरो चाहना नमिल्न सक्लान
कल्पनाको रफ्तार तिम्रो अनि सामान्य मेरो
तर एक अर्कालाइ पाउने बहाना मिल्न सक्छन

तिम्रो र मेरो सोच नमिल्न सक्लान
कहाँ तिम्रो मन्नतको बास सपना अनि म
तर हाम्रो खोज एउटै पनि त हुन सक्छ

हेराइ तिम्रो अनि देखाइ मेरो भिन्न होला
पावरफुल चस्मा तिम्रो तर कचेरा सरि आँखा मेरो
तर दृश्यमा अटल आकृती एउटै हुन सक्छ

सुन्दरता तिम्रो अनि सामान्यता मेरो
पस्चिमा फेसन तर यताको सामान्य गाउले रसम
भिन्नै भए पनि अरुको नजरमा एउटै हुन सक्छ

भुजा ज्युनार गर्ने तिमिले अनि मैले केवल खाने
चौरासी ब्यन्जन को स्वाद कहाँ दाल र भात
सजावट बेग्लै भए नि स्वाद मिल्न सक्छ

आधुनिकता तिम्रो देखावटी सान अनि
मैले पछ्याएको परम्परा अनौठो लाग्ला
तर सस्कार अनि सभ्यता एउटै हुन सक्छ

गाथ आराम गर्ने तिम्रो बिस्तारा अनि
परालको गुन्द्रीको मेरो निन्द्रा देख्दा अनौठो
तर त्यस भित्र आउने सपना एउटै हुनसक्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार