हल्दिवारी , ५ चैत । हल्दिवारीमा आशा लघुवित्तको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ ।

हल्दीवारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यता तथा लघुबित्त जेष्ठ सदस्य लक्ष्मी देवी कार्कीको सभापतित्वमा भएको एकदिवसीय गोष्ठीको प्रमुख अतिथि थापाले उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथि वडा अध्यक्ष थापाले ऋण लिएर संस्थाको ऋण नतिर्ने,हो – हल्लाको पछि नलाग्न सहभागीहरुलाई आह्वान गर्दै ऋणको सहि ठाउँमा सदुपयोग गरि लघुउधमशिल बन्न आग्रह समेत गर्नु भएको थियो ।

राम्रो काम गर्ने संस्थालाई आफ्नो साथ सहयोग रहने वताउदै वडा अध्यक्ष थापाले आफुले लिएको ऋण समयमा नै तिरेर असल नागरिक बन्न समेत अनुरोध गर्नु भएको थियो ।

गोष्ठीमा आशा लघुवित्त वितिय संस्था लि . हल्दिवारी शाखाको आयोजनामा केन्द्रका केन्द्र प्रमुख – उपप्रमुख सहित ७१ जनाको सहभागिता रहेको संस्थाका शाखा प्रमुख विजय कुमार महतोले जानकारी दिनुभयो ।

संस्थाले आफ्ना सदस्यहरुलाई लघुउधमशिल बनाउने उदेश्यले गोष्ठीको आयोजना गरेको संस्थाका शाखा प्रमुख बिजय कुमार महतोले बताउनुभयो ।

हल्दीवारी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्रीजनशिल आमा समुहको सभाहलमा सम्पन्न गोष्ठीमा प्रमुख अतिथि वडा अध्यक्ष थापा , आशा लघुवित्तका अनुगमन अधिकृत कृष्ण बुढाथोकी , आमा समूह अध्यक्ष होमादेवी खरेल , नेरुडेमिरमिरे लघुवित हल्दिवारी शाखाका शाखा प्रमुख राजेश कुमार राय लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

आशा लघुवित्त हल्दिवारी शाखा प्रमुख बिजय कुमार महतोले गोष्ठीको उदेश्य तथा औचित्य माथी प्रकाश पार्नु भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य शाखाकि कर्मचारी बिना कुमारी सिंहले गर्नु भएको थियोे ।

शाखाले प्रदान गरेको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठीलाई आशा लघुवितका अनुगमन अधिकृत कृष्ण बुढाथोकी र हल्दिवारी शाखा प्रमुख बिजय कुमार महतोले सहभागीहरुलाई अभिमुखिकरण गर्नु भएको थियोे ।

गोष्ठीको समापनमा सहभागीहरुको तर्फबाट केन्द्र प्रमुख राधादेवी गेलाल र गङ्गा राई गुरुङले आ- आफ्नो मन्तव्य राख्नु भएको थियोे भने गोष्ठीको सहजीकरण आशा लघुवित्तकि कर्मचारी बबिता नेपालको रहेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार