हल्दिवारी । झापाको गौरीगञ्ज गाउँपालिका- १ बिर्खेबस्ति मा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ ।

आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आग्लागी हुँदा घिमिरेको आगोले जलि घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी महाभाराले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरीले घट्नास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोलीले मृतक घिमिरेको शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमाटमको लागि दमक अस्पताल पठाईएको जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
1
+1
8
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार