केही तिमी सम्झ केही उसले मान
व्यवहार तब ठीकले चल्छ ।
आफ्नो – आफ्नो हठमा रहे
न तिमी सुन्छो न उ सुन्छ ।।

यदि चाहन्छो अनुकूल व्यवस्था
तिमी प्रतिकूल यो ठीक छैन।
दृढ़ता त चाहिने छ जीवनमा
तर जिददी कुनै पनि ठीक छैन ।।

माधुर्य भर रसहीन हृदयमा
न दम्भ र अभिमान सदा।
सरल छैन जीवनको पथ यसैले
रहे शुष्क काष्ठले बने सदा।।

छ क्रोध मूल जड़ मनको कर्ता
अनुभूति भूलले पनि हुन नदेउ ।
यो अंहकारले नै पोषण गर्छ
आफुसंग आफ्नो भनि नरहन देउ ।।

कहिले गर्म कहिले नर्म पनि हुनु
निर्वहन तब कर्तव्य सब ।
अति सहज बनाउ जीवन नौका
सरल बन किनारा कमल तब ।।
– देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, मेची क्याम्पस रोड

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार