झापा । झापामा यात्रुबाहक बसको ठक्करबाट घाइते भएका कनकाई नगरपालिका- ५ चप्रामारीका ६५ वर्षीय खड्गबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो ३.२५ बजे मोरङको उर्लावारी ३ नयाँ मंगलवारेस्थित पूर्व-पश्चिम राजमार्ग काँकरभिट्टाबाट धरान जाँदै गरेको को १ ख ६२९५ नम्बरको जनता यातायात बसले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठलाई तत्काल अरनिको अस्पताल उर्लावारी पठाई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो ।

उपचारका क्रममा आज दिउँसो १२.२७ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । दुर्घटनापछि ठक्कर दिने बस र बस चालक धरान १७ बस्ने ४९ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार