भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले मोटरसाइकल चोरीको पहिचानसँगै पक्राउ गरिदिने व्यक्तिलाई नगद २० हजार पुरस्कार दिने घोषणा गरेको छ । हस्पिटलले बिहीबार सूचना जारी गर्दै चोरी घटनामा संलग्न रहेको बारेमा सूचना दिने व्यक्तिको नाम गोप्य राखिने जनाएको छ ।

हस्पिटल परिसरबाट चैत ५ गते दिउँसो ३ः४० मा एउटा पल्सर मोटरसाइकल चोरी भएको छ ।  हस्पिटलको लेखा शाखामा कार्यरत प्रितेश कर्णको नाममा रहेको प्र–१–०१–०१३ प ८८३१ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल हस्पिटलको मुख्य गेट अगाडि कर्मचारीको पार्किङ स्थलबाटै चोरी भएको थियो । मोटरसाइकल चोर्ने व्यक्ति हस्पिटलको सिसी क्यामेरामा देखिएको छ । उनले कालो मास्क लगाएर हस्पिटल प्रवेश गरेका थिए । त्यसपछि मोटरसाइकल लिएर उत्तरतर्फ गएका थिए ।

मास्कले छोपेको मोटरसाइकल चोर्ने व्यक्तिको पहिचान नजिकै झापा प्रहरी पुगिसकेका थिए । तर, भोलिपल्टै सामाजिक सञ्जालमा त्यसको फोटो र भिडियो सार्वजनिक भएपछि चोरलाई भाग्न सजिलो भएको एक प्रहरी अधिकृतले बताए । प्रहरी उनको खोजीमा लागि परेको ती अधिकृतले बताए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार