मकवानपुर/ मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १०औं स्थापना दिवसकाे उपलक्ष्यमा थाहा नगरपालिका स्थित बिकासघरकाे सभाकक्षमा  बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा आयाेजित उक्त कार्यक्रममा थाहा नगरपालिकाका उप-प्रमुख भरत गाेपालीकाे विशेष र नेपाल रेडक्रस साेसाइटी दामन उपशाखाका सभापति नमश्याम बस्नेतकाे उपस्थिति रहेकाे थियो ।

सहकारीका अध्यक्ष नवराज बिष्टकाे सभापतित्वमा सञ्चालित साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६४ जनाले रक्तदान गर्नुभएको कार्यक्रमकाे सञ्चालन गणेश बिष्टले गर्नुभएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार