अंगालोमा बॉध मलाई
यो दिलको होलीमा
भुलौ पुराना दुश्मनो
गरौ प्यार यो होलीमा  ।

साथी संगीलाई बोलाएर,
सजाऔ यो महा उत्सब
गीत संगीतलाई सजाउ ,
कवि दरबार यो होलीमा ।

प्रेम प्यालामा सजाएर ,
सुन्दर गीत गाउ है
मनको वह निकालेर ,
फ़्याक रंग होलीमा ।

वाल बृद्ध युवा मिलेर
मनाऔ आज दिल खोली
पारिवारिक माहौल हो यो ,
तिहार हो पावन होलीमा ।

भुलेर पनि नघोटनु कही ,
भाँङ धतुरो यस पटक
आफ्नो गीत र संगीतको ,
होस महा जात्रा होलीमा ।

फागु आउने छ ज़ब जब,
जाग्ने छ सुन्दर आशा मनमा
हुने छ यो दिल मन मगन
चारैतिर मन मस्त होलीमा ।

मौज मस्ती चाहने हो गर ,
आज दिल खोलेरै तिमी
भुलेर पनि नखेल्नु कसैसंग ,
इच्छा बिना रंग होलीमा
– देवेन्द्र किशोर ढुङगाना
सिलीगुरी,पश्चिम बंगाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार