हल्दिवारीव : झापामा आज होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना पक्राउ परेका छन् । होली पर्व मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै ३४७  वटा दुई पाङ्ग्रे सवारी साधन  , तीन पाङ्ग्रे १० र चार पाङ्ग्रे १ वटा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने , तीन जना मोटरसाइकलमा सवार हुने , बिना हेल्मेट  मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोड , दमक, कांकरभिट्टा, सुरुङ्गा, भद्रपुर लगायतका ठाउँमा सामूहिक होली खेल्ने कार्यक्रम आयोजना गरिएको र त्यहाँ धेरै सङ्ख्यामा  युवायुवतीको भीड लागेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार