नेत्र बिक्रम / हल्दिवारी 

हल्दीवारी गाउँपालिकाका ४८५ विद्यार्थीले भोलिदेखी संचालन हुन लागेको शैक्षिकसत्र २०८० को SEE परिक्षामा सहभागी हुन लागेका छ्न ।

हल्दीवारीमा रहेका रहेका ६ वटा सामुदायिक तथा ५ वटा संस्थागत विद्यालयका ४८५ विद्यार्थीले SEE दिनलागेको गाउँ शिक्षा सहजकर्ता दुर्गा प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

शिक्षा सहजकर्ता अधिकारीका अनुसार सामुदायिक विद्यालयका ३५४ विद्यार्थी र संस्थागत विद्यालयका १३१ विद्यार्थीले परिक्षामा सहभागी हुनेछ्न । जसमध्ये छात्र २३० रहेका छ्न भने छात्रा २५५ रहेका छ्न ।

उहाँका अनुसार हल्दिवारी मावि परिक्षा केन्द्रमा महेन्द्र माविका ४५ विद्यार्थी , चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयका २९ विद्यार्थी ,सिग्मा अङ्ग्रेजी स्कुलका ३४ विद्यार्थी , पन्चायत माविका १९ विद्यार्थी र लक्ष्मी माविका ३६ विद्यार्थीले परिक्षा दिन लागेका हुन ।

त्यसैगरी चिल्ड्रेन – १ का २९ र सरस्वती माविका २० विद्यार्थीले जनजागृती मावि परिक्षा केन्द्रमा परिक्षा दिने छ्न ।

त्यस्तै गोलधाप सनसाइनका १६ र क्यानरी एकाडेमिका २३ विद्यार्थीले महेन्द्र मावि ,बिर्तामोड परिक्षा केन्द्रमा परिक्षा दिनेछ्न
उहाँका अनुसार हल्दिवारी माविका साधारण र प्राविधिक धारतर्फका १४१ विद्यार्थीले दुर्गा मावि , गरामनी परिक्षा केन्द्रमा परिक्षा दिनेछ्न भने जनजागृती मावीका ९३ विद्यार्थीले पशुपति मावि राजगढ परिक्षा केन्द्रमा See दिन लागेका हुन ।

हल्दीवारी गाउँशिक्षा शाखाले उपलब्ध गराएको विवरण अनुसार हल्दीवारीमा छात्र को संख्यामा छात्राको संख्या See दिने बढी रहेका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार