हल्दिवारी । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेर फरार भएका झापाको भद्रपुरको शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी–३ निवासी कञ्चन आचार्य र सदस्य भद्रपुर–७ निवासी दीपक खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

फरार रहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो । कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको पत्रअनुसार झापा जिल्ला अदालतको अनुमतिमा जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिनदेखि उनीहरू फरार थिए ।

संस्थाका अध्यक्ष भद्रपुर–६ निवासी राजु भन्ने मदन श्रेष्ठ अझै फरार रहेको प्रहरी निरीक्षक गिरीले बताए । पक्राउ परेका उनीहरूमाथि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान सुरु गरिएको उनको भनाई छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार