झापा । झापाको शिवसतासीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका- ११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार साँझ साढे ५ बजेको समयमा दाउरा लिन गएका शिवसताक्षी- ११ कि ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

त्यस्तै उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएको र उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पताल पठाइएको प्रहरी निरीक्षक गिरीले बताए ।

दुई वटाको सङ्ख्यामा आएका हात्तीले भेटवाल दम्पतीलाई आक्रमण गरेको र घटनाको कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार