काठमाडौं । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिनेगरी सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेका छन् ।

सरकारले आफूलाई १३ वर्षसम्म अन्यायमा गरिरहेको अवस्थामा सर्वोच्च अदालतले न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरे । करिब ३ साता लामो भारत बसाइपछि फर्किएका उनले अब बैंकको ऋण पनि तिर्ने बताए ।

‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिएर १३ वर्षसम्म सम्बन्धन रोक्दै रुवाएर, तड्पाएर राखेका थिए, उनले भने, सर्वोच्च अदालतबाट सम्बन्धन दिने आदेश हुँदा देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद दिन्छु ।’

उनले सम्बन्धन पाउने पक्का भएकाले अब मेडिकल कलेज चलाउने बताए । सम्बन्धन पाएसँगै मेडिकल कलेज चलाएर बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता पनि प्रसाईंले जनाएका छन् ।

‘मेडिकल कलेजले सम्बन्धन पायो । अब म बैंकको पैसा तिर्छु । तर अब देश बचाउने मेरो लडाइँ झन् सशक्त हुन्छु, उनले भने, मेडिकल कलेजले सम्बन्धन पाएपछि अबसँग पैसा पनि हुन्छ, लडाइँ झन् आक्रमक हुन्छ । दायाँबायाँ हुँदैन, प्रष्ट यही हो ।’

उनले सम्बन्धन उपहारमा नपाएको बताउँदै अब बैंकको ऋण तिर्न पनि सहज हुने बताए ।  मैले कहिले पनि ऋण तिर्दिनँ भनेको थिइनँ । २० लाखभन्दा मुनिको गरिबको पैसा तिरिदेऊ न भनेको हो सरकारलाई, उनले भने, – अब म झन् सशक्त भएको छु । सम्बन्धन पाएँ अब लडाइँ अझै सशक्त हुन्छ। सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । तर म देश बचाउने अभियानमा रोकिन्नँ।

हतियारबारे के भने ?

उनले आफूलाई सरकारले २२ बोरको हतियार बोक्ने लाइसेन्स दिएको खुलाए । प्रसाईंले झापा जिल्ला प्रशासन कार्यालयक सिफारिसअनुसार गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार हतियार प्राप्त गरेको बताए ।

‘गृहमा सुरक्षा समितिको बैठक नै बसेको हो । त्यो बैठकमा सशस्त्रका एआईजी, नेपाल प्रहरीका एआईजी, राष्ट्रिय अनुसन्धानका एआईजी, सेनाका जर्नेल पनि थिएु, उनले भने, बैठकमा रक्षा मन्त्रालयका सचिव, गृहमन्त्रालयका सचिवसमेत सुरक्षा समितिको बैठकबाट हतियार दिने भनेको हो । गृहले मन्त्रीस्तरीय निर्णय गरेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हतियार मगाइदिनु भनेको हो ।’

प्रसाईंले उक्त हतियार आफूलाई देशभर जहाँ पनि लैजान मिल्ने र अवस्था अनुसार प्रयोग गर्ने अनुमति रहेको दाबी गरे । ‘हाम्रो हाम्रो लाइसेन्सवाला हतियार थियो, उनले भने, सबैजनाले बैठकबाट हतियार दिएको हो । त्यो हतियारबारे सरकारले किन प्रश्न उठायो म पनि अचम्ममा छु ।’ याे खबर अनलाइनपानाबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार