हल्दिबारी  । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले २९ परिवारका १४५ जनालाइ निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडाको स्वास्थ्य विमा कार्यक्रमको शिलिङ् बजेट १ लाख १ हाजर ५ सय रुपैया बराबरको बजेटबाट अतिविपन्न परिवारका १४५ जनाको निःशुल्क स्वास्थ्य विमा गरिदिएको वडा अध्यक्ष विष्णु प्रसाद ओलिले बताउनु भयो ।

वडाले चालु आर्थिक बर्ष ०८०-०८१ मार्फत स्वास्थ्य विमा कार्यक्रम, दलित ससक्तिकरण कार्यक्रम, बालबालीका ससक्तिकरण कार्यक्रम, युवा लक्षित कार्यक्रम, साबुन सरफ र हार्पीक बनाउने तालिम, सेनेटरी प्याड बनाउने तालिम, खेलकद सामाग्री हस्तान्तरण, कृषि सामाग्री वितरण जस्ता कार्यक्रम साथै सडक बत्ति मर्मत तथा बाटो निमार्ण जस्ता महत्व पुर्ण कार्यक्रमहरु सम्पन्न गरिसकेको वडा सचिव राजन खतिवडाले जानकारी दिनु भयो ।

त्यसै गरी आर्थिक बर्ष ०८०- ०८१ अर्धबार्षिकमा वडा नं. ३ को कृषि तथा पशु शाखा मार्फत ३५ सय ९ पशुको सामान्य उपचार गरेको छ भने १ सय ७४ पशुको माइनर सर्जिकल, गाइनोकेजिकल, बन्ध्याकरण र गोबर परिक्षण गरिएको वडा सदस्य कर्ण बहादुर भण्डारीले बताउनु भयो ।

वडा नं. ३ ले वडा मार्फत संचालित सवै योजनाहरु समापन गरिसकेको छ भने राजस्व संकलनमा समेत उल्लेखिनिय प्रगति गर्दै चालु आर्थिक वर्षको चैत २२ गते सम्म १२ लाख ७७ हजार ४ सय रुपैया राजश्व संकलन भएको वडा सचिव राजन खतिवडाले जनाकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार