लौ हामीले ल्यायौ खै कस्तो गणतन्त्र
दलहरुका त आ-आफ्नै छन् तन्त्रमन्त्र
सहकारी देखि भकारी सम्म नै पुरातन्त्र
जनताहरुलाई कानुन नेतालाई छुटतन्त्र!

केवल सरकार बनौंने ढाल्ने मात्रै नै गणतन्त्र
आफूले गर्‍या ठिक अरुले गर्‍या बेठीक तन्त्र
उद्घाटन मात्रै गरे पुग्ने काम नचाहिने गणतन्त्र
जनता भुइँमा नेतालाई डेढ लाखे पलङ तन्त्र!

काम चाहिँ गर्नै नपर्ने केवल बोले पुग्ने गणतन्त्र
जसले चर्को स्वरले गाली गर्छ जनता खुसी तन्त्र
तुक्का देखि मुक्का हान्छु भन्नेको एउटै तन्त्रमन्त्र
बनाउदै ढाल्दै भाडाकुटि खेले जस्तो नै गणतन्त्र!

भन्न त भनिन्छ है हाम्रो पनि बस्ने स्थाइ घर हुँदैन
पोइल जाने तरुणी र नेता उस्तै नै हुन् भर हुँदैन
गाठबन्धन गर्दै पारपाचुके गरि रहन्छन् सधैं भरि
कस्तो गणतन्त्र चित्त बुझेको कुनै गाउँ शहर हुँदैन!

– राजकुमार कार्की 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार