बिर्तामोड । अनेमसंघ समाजबादी झापाको प्रथम एकता बैठक सम्पन्न भएको छ ।

स्वतन्त्र समाजबादी मोर्चा र नेकपा( एकीकृत समाजबादी ) बिचको एकतापछि विभिन्न जनबर्गिय सङठनहरु एकता भेला र समायोज बैठकहरु लगातार बसिरहेका छन ।

सोही क्रममा अनेमसंघ समाजवादीको जिल्लाको प्रथम एकता बैठक पार्टीका केन्द्रिय उपाध्यक्ष घनेन्द्र बस्नेतको प्रमुख उपस्थितिमा सम्पन्न भयो । सोही बैठकमा माओवादी केन्द्र परित्याग गरी नेकपा (एकीकृत समाजबादि) मा समायोजन भएको छ ।

एकतापछि अनेमसंघ समाजबादी झापा जिल्ला कमिटीको अध्यक्षमा हरिमाया मैनाली, उपाध्यक्ष सरस्वती लिम्बू, सचिब दुर्गादेबी बस्नेत, सह सचिब कल्पना खनाल, कोषाद्यक्ष सुशिला तिवारी र सदस्यहरुमा सारदा राई, तारा दुलाल, इन्दु कटेल, पन्जिका बुढाथोकी, भिम कुमारी दुलाल सहित रहेका छन।

यस अघि गठित कमिटीलाई पूर्णता दिइएको कार्यक्रममा प्रमुख अतिथि बस्नेत, केन्द्रिय सदस्य चन्द्रा श्रेष्ठ र झापा जिल्ला उपाध्यक्ष बाशु दुलालले मन्तब्य राखेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार