झापा, २५ चैत्र । झापाको झापा गाउँपालिकामा किसानहरुले करिब ७ हजार हेक्टर जमिनमा मकै खेती गरेको गाउँ कृषि शाखाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष अन्जु थपलियाका अनुसार किसानको खुसीको लागि गाउँपालिकाले मल, विउ, विषादी लगायतका सामाग्रीहरु उपलव्ध गराउदै आत्मनिर्भर बनाउन लागि परेको छ । मकै, धान ,केरा  र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६०% सिचाइको लागि विधुत महसुल तिरिदिदैं आएको छ । झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेट जोन क्षेत्र घोषणा गरि किसानको खुसीको लागि उनिहरुलाई चाहिँने आवश्यक मल, विउ र औजारमा गाउँपालिकाले अनुदान प्रदान गर्दै आएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिनु भयो ।

कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिचाईको लागि मोटर अनुदान सहयोगमा उपलव्ध गराउदै आएको छ । पालिकाले सहयोग गरे संगै झापा गाउँपालिका भित्र बाझो जमिन देखिन छोडेको र किसानहरु उत्साहित हुदैं आत्मनिर्भर बन्दै गएको कृषि शाखा नायब प्राविधिक साहायक रिता बर्देवाले जानकारी दिइन । उनका अनुसार यस बर्ष मात्र झापा गाउँपालिका भित्र लगाइएको मकै क्षती नियन्त्रणको लागि शिविर संचालन गरेको छ । पालिका भित्र आवद्ध ९२ ओटा कृषि समुहलाई आवश्यक तालिम र अनुदानको ब्यवस्था मिलाईएको समेत वर्देवाले जानकारी दिईन । शाखाको अनुसार करिव २८ हजार विघामा लगाइएको मकै ३५ लाख मन भन्दा बढी उत्पादन हुन सक्ने बुझिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
5
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार