कचनकबल, २५ चैत । उपप्रमुख एवम उपाध्यक्ष संजाल झापाको समन्वय ,झापा बार एसोसिएसनको सहयोग र कचनकबल गाउँपालिकाको आयोजनामा न्यायीक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कचनकबल गाउँपालिका उपाध्यक्ष नबराज भट्टराईको अध्यक्षता एवम गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

उक्त कार्यक्रमलाई प्रमुख अतिथी राजवंशी,उपप्रमुख एवम उपाध्यक्ष संजाल झापाको संयोजक दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं ,भद्रपुर नगर उपप्रमुख राधा कार्की , कचनकबल उपाध्यक्ष नबराज भट्टराई ,अधिवक्ता भिम बराल र लक्ष्मी शिवाकोटीले न्यायिक अन्तरक्रिया कार्यक्रममा न्यायिक समिति सदस्य र मेलमिलाप कर्ताले भोग्नुपरेको समस्या र स्थानीय तहमा न्यायिक समितिमा खेल्नु पर्ने भुमिकाको बारेमा प्रष्ट पार्नु भएको थियो।

कार्यक्रममा कचनकबल गाउँपालिका भित्रका सातै वडाका न्यायीक समिती सदस्य र मेलमिलाप कर्ताको सहभागिता रहेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार