आजकल कुर्सीमा अर्को मान्छे बस्ने बित्तिकै बधाई शुभकामना दिने लहर भनौं होडबाजी चलेको भनौं कुरो आयो गण्डकी प्रदेशको सत्ता परिवर्तन। नेकपा एमालेको २२ , माओवादीको ८ सभामुख सहित र स्वतन्त्र सांसद ……मनाङे गरि जम्मा ३१ सिट छ गण्डकी प्रदेशको जम्मा सांसद संख्या ६० सरकार बनाउन ५१% संख्या पुगेको देखिन्छ।दुबैतिर मत बराबर हुँदा मात्रै सभामुखले निर्णायक मत हाल्नु  पर्ने होइन र!?

गणतन्त्रको वकालत गर्ने माओवादीलाई केवल कुर्सी मात्रै भए पुग्ने रहेछ नियम कानुन भाडमा जाओस्।उता सहकारी पीडितहरु न्यायको पर्खाइमा छन् प्रम जू प्रमाण छैन भन्नु हुन्छ एक प्रेम आचार्यले आत्मादाह गर्न बाध्यभए अब पचास हजार सहकारी पीडितहरु न्याको पर्खाइमा छन् यदि पचास हजार पीडितले आत्मदाह गरे भने त्यसैको आगोमा गणतन्त्र पनि नजल्ला भन्न सकिन्न त्यसैले बेलैमा होस् पुर्‍याउन जरुरी छ।के नेताहरु कानुन भन्दा माथि नै हुन् त!?
रास्वपा जस्तो राष्ट्रिय पार्टीले आफू माथि लागेको आरोप छानबिन गर्न दिएर आफू चोखो हुन किन डराउने।धोबीको कुराको भरमा त श्री राम भगवानले सीता मातालाई अग्नि परिक्षामा हुम्नु भो।बोलेर चोखिने होइन ससदीय ढाकछोप आयोग बनाएरै भएपनि चोखिनु जरुछ।हामी अरुलाई भेडा झोले भन्छौं तर आफ्नो दलले खायो त खायो ठिक गरो भन्छौं भने पार्टी नेता बिगार्ने तिनै अन्ध भक्त हुन भन्दा दुई मत नहोला।बोलेर नै चोखिने भए महरालाई पनि बोल्ने मौका दिएको भए घण्टौ सम्म बोल्न सक्थे होलान् पक्कै!

कोशी प्रदेशमा सभामुखले निर्णायक मत हाल्न पर्नेमा त्यसो नहुँदा पनि मत हालेकाले नेकपा एमालेका संसदीय दलका नेता श्री हिक्मत कार्की अदालतको ढोका ढकढक्याउन पुग्दा निर्णय एमालेको पोल्टामा पुग्यो।आज त्यही एमाले सोही प्रकृति बाट खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन सफल भयो।गल्ती किन आफैंले गर्छ एमालेले कोशी प्रदेशको नजीरले पक्कै उल्टाइदुने छ खगराज माथि खग्रास ग्रहण नलाग्ला भन्न सकिन्न! बिधिको शासनको पालना सबैले गर्न जरुरी छ कानुनी राज्यमा।

हुन त केही भनिहाल्न अलि हतारो होला कि भन्ने पनि विचार आउन सक्छ।न्यायाधीश पार्टीको सांसद भैसकेका मानिस भन्नुस् न्याय कस्तो आउला!?न्यायालय दललहरुको भागबन्डामा चल्छ के निश्पक्ष न्याय मिल्ला!?
जबज अगालेको नेकपा एमाले जस्तो इतिहास बोकेको पार्टीले जबजलाई जतिबेला जेमन लाग्छ आफू अनुकुल बङ्याउन मिल्छ त !?
बधाई दिन हतारो होला कि अलि तै पनि अस्थायी रुमपा बधाई त दिनै पर्‍यो होला!
बधाई छ।
सत्य कुरा तपाई हामी कसैलाई पच्दैन गाली गलौज गर्न पुग्छौं हामी ती गाली गलौजले उ आफू कस्तो कुलमा जन्म लिएको कस्तो खानदान संस्कारमा हुर्केको भन्ने चित्रण पक्कै गर्छ।

धन्यवाद ।
शुभ बिहानी।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार