झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ९ निवासी १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका-८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार