सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको हो। सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक एवं प्रवक्ता राजेन्द्र खड्काले आगलागीको कारण पत्ता नलागेको बताए। स्टोरमा बन्दोबस्तीको सामानहरू रहेको उनको भनाइ छ।

‘खासमा हाम्रो स्टोर हलचोकमा हो। तर, त्यहाँ नअटेका सामानहरू बलम्बुमा राख्ने गरिन्छ। स्टोरीमा के कुरा कति मात्रामा थिए भन्ने विवरण संकलन गर्दैछौं,’ उनले भने। प्रवक्ता खड्काले आगलागीबारे समिति बनाएर विस्तृत अनुसन्धान हुने बताए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार