काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए। सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएको का्रग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। यो खवर थाहा खवरमा प्रकाशित छ ।

सभापति देउवाले नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए। त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार हिँडेका थिए।

प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन्। आज प्रतिनिधि सभा बैठक बस्दैछ।

तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने अडान लिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार