नेत्र बिक्रम बिमली / जलथल । हल्दीवारी गाउँपालिकामा बार्षिक ४८०१ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ( महेन्द्र ) ले दिनुभएको जानकारी अनुसार चालू आर्थिक बर्ष २०८०/०८१ को चैत २३ गते सम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ४ हजार ८ सय १ पुगेको छ । यो संख्या दिनप्रतिदिन बढदै गएको छ ।

नेपाल सरकारले प्रदान गर्ने ८ वटा कलस्टरका २०४६ पुरुष र २७५५ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छ्न ।

हल्दीवारी गाउँपालिकाका ५ वटा वडाबाट पहिचान गरि पठाएका जेष्ठ नागरिक ,जेष्ठ दलीत ,एकल महिला ,विधवा ,पुर्ण अपांगता ,अति अशक्त र अपांगता ,दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३/३ महिनामा बैक मार्फत उनिहकै खातामा हालिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत बनले जानकारी दिनु भयो ।

पालिकाले उपलब्ध गराएको विवरण अनुसार ११६८ पुरुष र १२०५ महिला गरि २३७३ जना जेष्ठ नागरिकले मासिक ४ हजारकादरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छ्न ।

त्यस्तै ६० देखि ६८ उमेर समुहका जेष्ठ दलित ७४ महिलाले मासिक २३६० जेष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको उपलब्ध विवरणमा जनाइएको छ ।

त्यसैगरी २६३ एकल महिला र ४४८ विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउदै आएको छ भने ९३ जना पुर्ण अपांगता भएका ५३ पुरुष र ४० महिलाले मासिक ३९९० का दरले अपांगता भत्ता प्राप्त गरिरहेका छ्न ।

त्यस्तै अति अशक्त अपांगता भएका ९० पुरुष र ६३ महिला ले मासिक २१२८, दलित बालबालिका ५१ पुरुष र ४३ महिलाले मासिक ५३२ र लोपोन्मुख जातिका ६५४ पुरुष र ६६० महिलाले मासिक ३९९० रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

हल्दीवारी गाउँपालिकामा मात्र बार्षिक सामाजिक सुरक्षा भत्ता मार्फत २० करोड ५५ लाख २४ हजार २ सय ३९ रुपैयाँ खर्च हुने गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार