ललितपुर/नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा बर्षेनी प्रकाशनमा ल्याइरहेकाे भित्तेपात्राेलाई यसपालि पनि एक कार्यक्रम बीच लाेकार्पण गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका का.स. दशबहादुर महर्जन,संस्थापक द्वय: धर्मकृष्ण सिकर्मी,प्रचण्ड कारञ्जित,केन्द्रीय रक्त सञ्चार सेवाका वरिष्ठ रक्त परिचारिका द्वय: सुशिला ढकाल,मनिषा दनुवार बगलामुखि अस्थायी प्रहरी वृतका प्रमुख सर्जुप्रसाद चाैधरी र स्वयंसेवी रक्तदाता तिर्थमान महर्जन लगायतले सामुहिक तवरले नयाँवर्ष २०८१ काे भित्तेपात्राे लाेकार्पण गर्नुभयो ।

भित्तेपात्राे असाध्यै ज्ञानवर्धक रहेकाे उपस्थित जनसमुदायले चर्चा समेत गरिएको पाइयाे । हाम्रो शरिरमा रहेकाे रगतकाे समूह बारेमा सचित्र जानकारी उपलब्ध गराइएको साे भित्तेपात्राेले आफ्नो शरिरमा रहेकाे रगत कुन रगतकाे समूहलाई दिन मिल्छ र आफूलाई चाहिएको अवस्थामा कुनकुन रगत समूहकाे रगत लिन मिल्छ भनी सन्देश दिइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार