हल्दिबारी। हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको शुक्रबारे बजारमा स्थानीयहरुले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन।

स्थानीय युवाहरुको अग्रसरमा चोक बजार सरसफाइ कार्यक्रम हल्दिबारी वडा नं-३ मा संचालन भइरहेको छ ।

ढडुवा बजार सरसफाइले निरन्तरता पाए सगै आज स्थानीयले शुक्रबारे बजार सरसफाइ गरेको हो। सरसफाइ कार्यक्रम मा सडक किनारमा रहेको फोहोर, लक्ष्मी माध्यमिक विद्यालय छेउ लगायतको स्थान सरसफाइ भएको कुमार गिरीले जानकारी दिए।

सरसफाइ गरे सगै सरसफाइ र फोहोर नियन्त्रणमा सबै जवाफदायी बन्न अभियान्ताहरुले पसल व्यवसायहरुलाई सुझाव समेत प्रदान गरेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार