बिर्तामोड- ४ अदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड नगरपालिका बिर्तामोड बजार एरियामा दिन भरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल स्थित रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएको देवराज राजवंशिको श्रीमती बर्ष अन्दाजी ३५ की सुनिता मडि मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शनिबार राति ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार