जगरनाथपुर,पर्सा/नयाँ वर्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे ३७औं जिल्ला शाखा बिस्तार गरिएको छ । सत्‌मार्ग अभियानकाे विशेष आग्रह र पहलमा स्थानीय बिरगंज महानगरपालिका वडा नम्बर २२ स्थित सनराईज एकेडेमीकाे प्राङ्गणमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्सा जिल्ला शाखा गठनार्थ एक भेलाकाे आयाेजना गरियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आयाेजित उक्त भेलाले राजेन्द्र पटेलकाे अध्यक्षतामा पर्सा जिल्ला शाखा गठन गरिएकाे गठन गरिएको छ । जसमा उपाध्यक्ष अरसद अन्सारी,सचिव अनिल शाह,काेषाध्यक्ष बिनयकुमार पटेल र सदस्यहरूमा क्रमशः बिक्रम पटेल,माेहमद उमर,साैरभ पाण्डे,सुनिल यादब,अमिर मियाँ,जितेन्द्र शाह,बुनिलाल प्रसाद,प्रदिप पण्डित र मुनिल पटेल रहनुुभएकाे छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजद्वारा प्रकाशनमा ल्याएकाे नयाँ वर्षको ज्ञानवर्धक भित्तेपात्राे उपस्थित सबैलाई मायाकाे चिनाे स्वरूप प्रदान गर्नुभएको थियोे ।

सत्‌मार्ग फाउन्डेसनका अध्यक्ष तबरेज आलम र अन्य व्यक्तिहरू अतिथि रहनु भएको साे भेलाबाट नवगठित नेपाल स्वयंसेवी रक्तदाता समाज पर्सा जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले खादा लगाई बधाई दिनुभएको थियोे ।

नवगठित कार्यसमितिका अध्यक्ष राजेन्द्र पटेलले चाँडै नैे एउटा रक्तदान कार्यक्रमकाे आयाेजना गर्ने र २ नम्बर परदेशमा रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे पीडित समक्ष नि:शुल्क बितरणकाे लागि ज्ञापन-पत्र समेत पेश गर्ने जानकारी दिनुभएकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार