भद्रपुर । रूद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले दुई जना वैज्ञानिकलाई सम्मान सहित पुरस्कृत गरेको छ ।

कार्यक्रममा वरिष्ठ आँखा चिकित्सक डा.सन्दुक रूइत र बाल वैज्ञानिक सविन बास्कोटालाई नगद सहित सम्मान तथा पुरस्कृत गरिएको हो । भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रमको सभाकक्षमा आयोजित प्रतिष्ठानको दशौं पुरस्कार समर्पण समारोहको आयोजना गरी डा.रुइतलाई आँखाको उपचारमा आफैं लेन्स बनाएर नयाँ आविस्कार गरी विशिष्ठ योगदान गरेवापत श्रीप्रसाद ओली स्मृति राष्ट्रिय प्रज्ञान पुरस्कारबाट ५ लाख नगद सहित सम्मानित गरिएको थियो भने बाल वैज्ञानिक बास्कोटालाई हवाइ जहाजदेखि मोटरसाइकसम्म आफैं बनाई उडाउने, गुडाउने परीक्षण गरेवापत प्रोत्साहनका लागि १ लाख १ सय ११ रूपैया सहित देवी ओली स्मृति बाल पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षता तथा कोशी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार