हल्दीवारी गाउँपालिकाले संचालित आधारभूत अस्पतालमा करार दरवन्दीमा मेडिकल डाक्टर , स्टाप नर्स र सरसफाइ कर्मचारीको आवश्यक रहेको सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

पालिकाले करार दरबन्दीमा एक जना मेडिकल डाक्टर , दुई जना नर्स र दुई जना सफाइ कर्मचारी आवश्यक रहेको सूचना सार्वजनिक गरेको हो ।

हल्दीवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन ( महेन्द्र ) का अनुसार गाउँपालिकामा संचालित आधारभुत अस्पताललाई २४ औं घण्टा संचालन गर्न र अस्पतालबाट प्रदान हुने सेवालाई जनता माझ बिस्वस्नियताका साथ सेवा दिन आवस्यक कर्मचारी करारमा लिन लागिएको बताउनु भएको छ ।

पालिकाले प्रकाशन गरेको सूचना अनुसार यही बैशाख १८ गरेसम्म योग्य उम्मेद्बारले निवेदन दिन सक्नेछन्।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार