हल्दिबारी, ५ वैशाख । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् ।

एलिनाले बागलुङ निवासी सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् ।

विष्णु र गायिका चौहानबीच ब्रेकअप भएको हल्ला चलेको थियो । तर, गायिका चौहानले भने केही असझदारी उत्पन्न भए पनि ब्रेकअप नभएको बताएकी थिइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार