ललितपुर – महालक्ष्मी नगरपालिका–७ चाङथलीस्थित राधाकृष्ण टोल  विकास संस्थाले कलेजो रोगबाट पीडित बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि राधाकृष्ण टोल बिकास संस्थाले कलेजो पिडित बिरामी महेन्द्र ठाकुरलाई नगद २२ हजार ८५ रुपियाँ  हस्तान्तरण गरेको छ । कार्यक्रममा राधाकृष्ण टोल बिकास संस्थाका  अध्यक्ष गोपाल प्रसाद निरौला, उपाध्यक्ष जनार्दन दंगाल, सानु‌भाई बस्नेत, विजय कट्टेल, प्रेम प्रसाद सुवेदी र प्रमोद हुमागाई लगायत टोल विकास संस्थाका समाजसेवी हरुको उपस्थिती रहेको थियो ।

निज विरामी महेन्द्र ठाकुर कलेजोमा पानी जमेर हाल गंगालाल हृदय रोग अस्पताल बाँसबारीमा उपचार गराउदै आएको र निजको आर्थिक अवस्था कमजोर रहेको कारण उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले राधाकृष्ण टोल विकाश संस्था द्वारा उक्त रकम हस्तान्तरण गरेको कार्यक्रममा सहभागी स्थानिय समाजसेवी नानीराम बुढाथोकीले जानकारी दिएका छन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार