काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यू भएको छ ।

आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ ।

उनी वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको दुतावासले जनाएको छ । पुन भिजिट भिसामा युएई पुगेको दुतावासले जनाएको छ ।

युएईमा दुई दिनदेखी परेको बर्षाका कारण बाढी आईरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार