कचनकबल गाउपालिका वाड न. ४ बस्ने बर्ष ४१ का कृष्ण प्रसाद साहको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार उनको उपचारका क्रममा ओमसाई पाथिभरा अस्पतालमा मृत्यु हो ।

हिजो राति ९:५० को समयमा कचनकवल -६ स्थित पेट्रोल पम्प नजिक बनियानी केचना सडक खण्डमा केचनाबाट बनियानि तर्फ जादै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानिबाट केचना तर्फ आउदै गरेको BR 36×3944 नं को मोटरसाइकल सवार घाइते भई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल ल्याइएकोमा साहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुबै मोटरसाइकललाई ईप्रका बनियानीमा राखिएको छ भने घाइते ३ जनाको ओमसाई पाथीभरा अस्पतालमा उपचार भईरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार