बिर्तामोडको मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु भएको छ ।

चारपानेबाट काकडभिट्टातर्फ जादै गरेको प्र.- १-०१-००२ च १९० नम्बरको कारले पैदल यात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाको छोरा बर्ष ११ को सन्तोष रोकालाई सनिवार राति १० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ ।

टाउको र दुबै हात खुट्टामा चोट लागेर गंभीर घाईते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार चालक मेचीनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार