हल्दिबारी, ९ बैशाख । हात्तीपाइले रोगमुक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने मुख्यः नारालाई सार्थक बनाउन गाउँपालिका स्वास्थ्य शाखाले पालिकाका ५ वटै वडामा हात्तीपाइले रोग, यसबाट बच्ने उपाय तथा रोगका लक्षणलगायतका विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । आगामी बैशाख १६ गतेबाट हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान शुरु हुदैंछ ।

आजबाट शुरु भएको हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको अध्यक्षतामा सम्पन्न भएको छ । जनप्रतिनिधिहरु, पालिकाभरीका स्वास्थ्य केन्द्रका प्रमुख, हल्दिवारी, जलथल र गोलधाप प्रहरी चौकीका प्रमुख, आधारभूत अस्पताल व्यवस्थापन समितिका सदस्य, पत्रकार एवं पालिकाका विभिन्न शाखाका प्रमुखहरु गोष्ठीमा सहभागी रहेका थिए ।

हल्दिवारी गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु बीच निरन्तर छलफल अन्तरक्रिया भईरहेको छ भने, अब गाउँपालिका भित्रका शैक्षिक संस्थाका प्रधानध्यापक, शिक्षकहरुसँग स्वास्थ्य शाखाले अन्तरक्रिया गर्ने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनुभयो ।

वडास्तरमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग समेत शाखाले अन्तरक्रिया र छलफल गर्ने स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले जानकारी दिनुभयो । हल्दिवारी गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालय, १४ वटा निजी, २ वटा गुरुकूल ,३ वटा इटाभट्टा र ५ वटा चिया बगान सहित विभिन्न कलकारखना रहेका सवैलाई हात्ती पाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

आगामी बैशाख १६ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु द्वारा खुवाइने अभियान सञ्चालन झापा सहित ७ जिल्ला अभियानको रूपमा संचालन हुर्दैछ ।

हल्दिवारीमा अभियान सफल पार्न पालिका स्वास्थ्य शाखा सक्रियरुपमा लागि परेको शाखा प्रमुख निरौलाले जानकारी दिनुभयो । २०७८/२०८० मा ८९ प्रतिशत मानिसलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको थियोे भने यसबर्ष ९५ प्रतिशात पुर्याउने लक्ष्य स्वास्थ्य शाखाले जनाएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गदैं आएको छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई वेवास्ता गर्न नहुने जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत युवनाथ बरालले बताउनुभयो । २ वर्ष मूनिका बालबालिका, गर्भवती, सुत्केरी, दीर्घरोगी र अन्य रोगको औषधि खाइरहेका विरामीले हात्तीपाइले रोगको औषधि खान नहुने र अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाले पनि यस्ता व्यक्तिलाई औषधि सेवन गराउन नहुने कार्यक्रममा जानकारी दिइएको छ ।

आज सम्पन्न गोष्ठीलाई पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य शान्ता खतिवडा सिवाकोटी, स्वास्थ्य कार्यालय झापाका अधिकृत युवनाथ बराल, स्वास्थ शाखा प्रमुख पुष्कर निरौला लगायतले कार्यक्रमको औचित्य माथी आआफ्नो धारण राखेको गोष्ठीको सहजीकरण पालिका जनस्वास्थ्य निरीक्षक प्रकाश खतिवडाले गर्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार