हल्दिबारी, ९ बैशाख । हल्दिबारी ४ मा रहेको सृजनशील आमा समुहको आयोजनामा सिप प्रदर्शन तथा परिचयात्मक कार्यक्रम आमा समुहकी अध्यक्ष होमादेवी खरेलको अध्यक्षता एवं वडा नं. ४ का वडा अध्यक्ष सन्त कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

आमा समुहले तयार पारेका टपरा दुना, सुपारीको पत्ताबाट तयार हुने थालि, बटुका साथै उप समितिले तयार गरेको खाँडीका कपडा प्रदर्शन गरिएको थियो । आमाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यले समुहको आफ्नै भवनमा प्रदेश सरकारको सहयोगबाट प्राप्त टपराहरु बनाउने मेसिन प्राप्त भए पछि समुहको र्आिर्थक पाटो बलियो हुदैं गएको छ भने समुहद्वारा एउटा गणेश मन्दिर बनाउने तयारी रहेको समेत कार्यक्रममा जानकारी दिएको छ । परिचयात्मक तथा सिप प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सन्त कुमार थापा, हल्दिबारी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने, महिला तथा बालबालिका प्रमुख तिस्ण थापा मगर, कार्यपालिका सदस्य भावना दाहाल, महिला उद्यमी मनु डोल्मा, संस्थाका सल्लाहकार नर प्रसाद खरेल र संचारकर्मी देवीका अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाकी उपाध्यक्ष इन्दिरा शिवाकोटीले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण सचिव ऋषिका मैनालीको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार