समीर न्यौपाने । हजुरबा, आमाले हामी लाई गाउँबाट सदरमुकाममा पठाएछन् । सदरमुकाममा हाम्रा एउटा सानो कोठा थियो । एउटा किराना पसल त्यसरी नै हाम्रो दैनिक गुजारा चल्थ्यो । म एकदम चकचके थिएँ । बा, आमा, मेरी दिदी संगोलमा थियौं । गाईलाई ढुटो हाल्न मेरी दिदी जान्थिन । बा र आमा वुढा बुढी भैसकेका थिए । म स्कुल पढ्ने गर्थे । हाम्रो दैनीक गुजारा यसैमा चल्दथ्यो । मलाई ताजै सम्झना छ त्यही सेतो हाफ पाइन्ट र रातो सर्ट । त्यही गढीको बोर्डिग । रातहरु लम्बीदै गए, अनि दिन कहिले छोट्टीन्थे । मेरो दिदिको बारी खन्दा खुट्टाको बुढी औंला काट्टीयो । आसपासमा कुनै औषधी उपचार गर्ने अस्पताल थिएन । नजीकैका देबी दाईले बेसार लाउँदा ठिक हुन्छ भन्नुभयो । बाले हत्तनपत्त सेतो कपडा खोजीकन दीदिको खुट्टाको औंला बाधिदिनु भयो । आमा सधैं मेलापात जान्थिन । माथि रुखबाट स्याउला काटि ल्याउथिन । तेसो त हाम्रो पहाडको माटो निकै उर्वर थियो । त्यहाँ तराईमा फल्ने भन्दा ठूल्ठूला मेवा फल्ने गर्थे । कटहर, अनार, ज्यामिर, सुन्तला अनि अम्बा र उखु हाम्रै बारीमा रोपिन्थे । त्यहाँँका फल निकै स्वादिला हुने गर्थे । एक दिनको कुरा हो हजुर आमाले कुरौनी ल्याउनु भयो । बा, आमा, दिदी सबै लाई दिनु भयो । तर मलाई दिनु भएन । म निराश भए । किन ति बुढी हजुर आमाले मलाई माया नगरेकी होलिन् । मैले के त्यस्तो भूल गरेछु मेरो मानसपटलमा त्यस्ता कुरा कहिले हटेन ।

दीदिको घाउ बड्दै गयो । उपचार गर्न सदरमुकाम ल्याउन पैसा नभएको कारण कन्डीसन निकै सिरियस भयो । अनायासै मेरी दीदिको त्यही सानो घाउको कारण मृत्यु भयो । म जीउँदै मर्नुनबाच्नु हुने भएछ । तत्काल म पनि बेहोस भएँ रे । होस खुल्दा मलाई पानी छ्याप्तै थिएँ ।

हाम्रो हजुर बा निकै कडा पनि र आफ्नै ढंगले मिजासिलो । भनेको कुरा ट्याममा नै हुनपर्ने । नभए फनक्क फर्कने । हाम्रा बा गथासो पोख्ने गर्छन उनले एक जना लिम्बु आफ्नो घरमा पालेका रे । उसका नाम नाके लिम्बु । मुद्दा मामिलामा केही अफठ्यारा परेका बेला ती नाकेलाई देखाए पछि सबैका त्रिनेत्र खुल्ने गदर्थे रे । नाके सधैं भोटे गाउँ गई एक भारी कटहर ल्याइ हाम्रा परिवारका सदस्यलाई दिने गथ्र्यो । र पछि बुडेसकाल छोप्ने गर्दा बाजेले तराईमा २ बिगाहा जमिन नाकेलाई हामी कसैलाई न सोदी दिनु भाका रे । हाम्रो जीजुका पालमा घर सदस्य झन्डै झन्डै तीन दर्जन थेरे । हजुरआमा, आमा, नन्दका लागी .खाना पस्किन हम्य हम्य परथ्यो ।

म दशैंको अघिल्लो पटक काका संग पाथीभरा थान गएको थिए । त्यती बेला अहिले झैं मोटरगाडी चलेकै थिएन । सावित्रा होकी पार्वती दिदी कोनी कस्ले सातु पिनेर दिएकी थिइन त्यहाँ जाँदा । हामी ८ दीनका यात्राका दौरानमा पाथीभरा पुग्यौं । आमा, म, बा र काका हामी चार जाना त थियौं । सिमसिम पानी, रुखका छेउमा भ्यातलुङ धन्न काकाले नून र कालो छाता बोकेर जानु भएको थियो । हामी बास बस्दा मधेसका मानिस पनि आएका रहेछन् । सघैं पाल टागी बस्नु पर्ने भो । एक छिनमा बाघ आएको हल्ला भयो । र पाटीमा आगो बाली रात भर त्यहीँ बितायौं ।

तमोर नदीको किनारै किनार र भोटेकोशीमा रहेको गुरुङ्नीको पहाडको खोल्सा माथिको तिनछक्क पार्ने होटलमा हामीले विश्राम गरी नास्ता खाएको दिन पनि अझ मलाई याद छ । पहाडको हावापानी रसिलो । चिसो मौसम जतिखेरै । दशैंमा सेता घरे र राता घरे दुइटै घरमा भेला हुनु पर्ने । खसी हाम्रो घरमा खस्टी देखि काट्न शुरु हुने गर्थो । सप्तमी, अस्ठमी, नवमी र दशमी गरेर पाँचवटा ढालेर खसीको सुकुटी अँगेनामा झुन्डयाइन्थ्यो । म सानै थिएँ । हजुरबाले पधेरोंमा नुहा भन्नु भयो । मेरो त्यसै चकचके बानी म माथी गई खोल्साको पानी चलाईदिने गर्थे । उता फूपु दीदिले बेस्सरी फलाक्थीन । एउटा भकुण्डो .हजुरबाले ल्याइदिनुभएको थियो । मैले भकुन्डो खोल्सामा हालेको ग्वालीबाट निस्कियो । त्यतीकैमा प्रदिप र गणेश दाजु आइपुगे । प्रदिप दादासंग फुटबल खेल्दाखेल्दै मेरो टाउकोको निधार घरको खाँबामा लागी जस्ता सम्म पुग्यो । त्यतीकैमा फुपु दिदीले दाँत मोल्ने मन्जन लाईदिनु भयो ।
त्यसै दिन विहान हामी फिदिम उपत्यका फर्क्यौं । बाँसमा टेकी फ्यामे खोला तराउनु भएथ्यो बाले । तल खोलाको किनारमा पिङ थियो । घाँसको भारी ल्याउँदै गरेकी एक जना महिला खोलाले बगाउँदै ल्याउँदा पार्वती दिदीले देखिछिन् । र बालाई देखाईन । बा तुरुन्तै गई ती महिलालाई बाहिर ल्याई धन्न बचाउनु भयो । अनि आमा, बा र पार्वती दिदी र म वर्ष भरीको दशैं चाडमा भँुई छोड्नु पर्छ भनी पिङ खेली फिदिम उपत्यका तिर लाग्यौं ।

त्यसपछि सेतो नाइट बसमा फिदिम छोडेको बर्षौ भएछ । आज २५ वर्ष पुगियो । १७ वर्ष पुग्दा एक चोटी नागरिकता बनाउन फिदिम पुगेको थिएँ ।
फिक्कलमा सिमसिम पानी परेको थियो । पौवा भन्ज्याङ्मा खाना खाइयो । इलाम बजार गाडी बाटै घुमीयो । नागरीकता बनाउन जाँदा माथी भन्ज्याड पुग्दा गहभरी आसु नै आसु आएछ ! सायद हामीले यस्तो स्वर्ग किन छोड्नु परेको होला ? मनभरी यही प्रश्न बोकेर आँए । अब फेरी कहिले जाने होला मेरो सेजेपा अनि मेरो फिदिम ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार