हल्दिवारी / झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

झापा गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको गाउँ शिक्षा समिति अध्यक्ष एवं गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु थपलियाले बताउनुभयो ।

गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरेको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो ।

कार्यवाहक अध्यक्ष थपलियाका अनुसार पालिकाले छात्रवृत्ति स्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार २ सय ५० रुपैयाँ र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार २ सय रुपैयाँका दरले साथै प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले रकम वितरण गरेको छ ।

गाउँ शिक्षा शाखा प्रमुख जीवन प्रसाद ढकालका अनुसार ११ र १२ पठनपाठन हुने जनकल्याण माविमा अध्यनरत ५६ विद्यार्थी ,डिल्लीराज माविमा अध्यनरत ३५२ विद्यार्थी र जनता माविमा अध्यनरत २२२ विद्यार्थीलाई पालिकाको निति तथा कार्यक्रम मार्फत छुट्टाएको बजेटबाट पालिकामा आयोजित कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

झापा गाउँपालिका भित्र २१ वटा सामुदायिक विद्यालय ,१४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा विद्यालय संचालनमा रहेको शिक्षा प्रमुख ढकालले जानकारी दिनुभएको छ ।

झापा गाउँपालिकाले विगत २०७५ सालदेखि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ भने विद्यार्थीलाई विद्यालय जाने बाताबरण बनाउने उदेश्यले प्रत्येक बर्ष कक्षा ९ मा अध्यनरत सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई साइकल समेत वितरण गर्दै आएको छ।

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार