हल्दिवारी ।  झापाको मेचीनगर नगरपालिकामा एक महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका मेचीनगर–१३ श्रीनाथ पेट्रोल पम्प नजिकस्थित पुर्व–पश्विम राजमार्गमा पैदल हिँडिरहेकी जिल्ला मेचीनगर–१२ सरेडाँगीकी २१ वर्षीया रचना आङदाम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री अपरिचित व्यक्तिले साइकलमा आएर अचानक घाँटीबाट थुति फरार भएका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिक्री थुत्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा मेचीनगर–१३ स्थित फुलवासा खोलाबाट सोही वडाको तेलिबारीमा बस्ने ३९ वर्षीय दिवस राजवंशीलाई भाग्दै गरेको अवस्थामा फेला पारेको थियो । सुनको सिक्री र साइकलसहित नियन्त्रणमा लिएर राजवंशीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार