हल्दिबारी, ११ बैशाख ।हल्दिबारी गाउँपालिका वडा नं. २ मिलनचोक बस्ने एक युवा आफ्नै घरमा झुण्डीएको अवस्थामा मृत फेला परेका छ्न ।

स्थानिय प्रहरीका अनुसार बर्ष ३६ का थिटा राजवंशी झुण्डीएको अवस्थामा मृत फेला परेको र जिल्ला प्रहरी कार्यलय झापाको अनुसन्धान टोलीले आवश्यक अनुसन्धान पुरागरी शवलाई पोष्टमार्टमको लागी प्रादेशीक अस्पताल भद्रपुरमा पढाएको जनाएको छ ।

मृतक राजवंशी स्थानिय स्थरमा ठेकेदारको रुपमा काम गर्दै आएको र उनका श्रीमती र २ नाबालक छोराहरु रहेको वडा नम्बर २ का वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए।

विहान ५ बजेतिर श्रीमतीले घर बडार्ने क्रममा श्रीमान झुन्डिएको अबस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
0
+1
12
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार