झापा, ११ बैशाख । झापाको पूर्वी नाका काँकरभिट्टा शिल गिरएको छ ।
आगामी बैशाख १४ गते भारतमा १८ औँ लोकसभा निर्वाचन हुने भएकोले उक्त निर्वाचन अवधिभर नेपाल–भारत सीमा नाका शिल गरिएको हो ।
नाका शिल गरिएको पत्र भारतको दार्जिलिङ जिल्लाबाट प्राप्त भएको र झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थितमा रहेको नेपाल–भारत सीमा नाका आजदेखि बेलुका ६ बजेदेखि १५ गते बेलुका ६ बजेसम्मका लागि बोडर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1