हल्दिबारी, १२ बैशाख । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित झिलझिलेमा भएको दुर्घटनामा मृत्यु हुने तीनैजनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेहरुमा कमल गाउँपालिका – ४ अमलडागी निवासी २० वर्षीय युनिस भण्डारी, सोही ठाउँका १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेका थिए। उनिहरु कन्काई नदीको दोमुखामा पौडी खेल्न मोटरसाइकलमा जाँदै गर्दा बोलेरो जिपको ठक्करबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण कुमार चनका अनुसार आज बुधबार विहान ५ः३० बजेको समयमा दमकबाट सुरुङ्का तर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो जीप एक आपस ठोक्किँदा दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको डिएसपी चन जानकारी दिएका छन् ।

दुर्घटनमा परेका दुवै सवारीसाधन सहित बोलेरो चालक मेचीनगर नगरपालिका ६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जनाईएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार