हल्दिबारी । हल्दीवारी गाउँपालिका – ४ मा रहेको सृजनशिल आमा समुहको पहलमा बन्न लागेको गणेश मन्दिरको आज शुक्रबार शिलान्यास भएको छ ।

स्थानीय आमा गोमादेवी खरेलले गणेश मन्दिर बनाउन सृजनशिल आमा समुहलाई दिनुभएको १० लाख मुल्यको १३ धुर जमिनमा आज गणेश मन्दिरको पण्डित सोमनाथ सुबेदीले धार्मिक बिधि अनुसार सुभ साइत गर्दै स्थानीय आमाहरूबाट शिलान्यास गराउनु भएको छ ।

हल्दीवारी गाउँपालिका भित्र पहिलो पल्ट बन्न लागेको गणेश मन्दिर सम्पन्न गर्न सबैलाई सहयोग गरिदिन मन्दिर निर्माण समितिकि अध्यक्ष राधा गेलाल दाहालले आह्वान गरेकी छ्न ।

आमा समुहको भवनको पछाडि पट्टी बन्न लागेको मन्दिर सम्पन्न गर्न करिब १० लाख खर्च हुने समुहकी अध्यक्ष होमादेवी खरेलले जानकारी दिनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार