अक्टोबर १३ सन २००४ सम्म भाजपाका संसदीय दलका नेता अटल बिहारि वाजपेयीको सरकार थियो। सन २००४ र सन २००९ मा भएको निर्वाचनमा भाजपाको NDA र काङ्ग्रेसको UPA गठबन्धन बनाएर चुनावमा भाग लिएका थिए। दुबै निर्वाचनमा UPA ले बहुमत प्राप्त गरि डाक्टर मनमोहन सिंहले गठबन्धन सरकार सन २०१४ सम्म सफलता पूर्वक सञ्चालन गरेका थिए।

भारतमा सन २०१४ मा लोकसभाको ५४३ सिटमा निर्वाचन हुने भयो। मुख्य प्रतिस्पर्धी दलहरू भनेको काङ्ग्रेस र बिजेपी नै थिए। क्षेत्रीय दलहरू पनि आ-आफ्नो राज्यमा राम्रो पकड बनाएर बसेका थिए

विपक्षी दलको प्रहार र गठबन्धन सरकारका केही मन्त्रीहरू भ्रष्टाचारमा लिप्त भएका कारण जनलोकपाल बिल संसदमा ल्याउने र लोकपाल बिल पास गराई भ्रष्टाचारीलाई कारवाही गर्नै नाउँमा दिल्ली स्थित रामलीला मैदानमा अन्ना हजारेको नेतृत्वमा आन्दोलन भयो। बिजेपी पनि आन्दोलनमा सहभागी भयो। पतञ्जलीका संस्थापक रामदेव पनि सहभागी थिए। सरकारले व्याप्त भ्रष्टाचार गरेको कारण र यो देशको शासनसत्ता अधिकांश समय अखिल भारतीय राष्ट्रिय काङ्ग्रेसले गरेको कारण सत्ता बाहिर राख्नुपर्छ भन्दै भाजपाले नरेन्द्र मोदी लाई प्रधानमन्त्रीको उमेदवार खडा गरी NDA गठबन्धन बनाई निर्वाचन मा गएका थिए।

निर्वाचनमा भारतका हरेक ठाउँमा भाषण गर्दा प्रत्येक वर्ष दुई करोड नोकरी को व्यवस्था गर्ने, भ्रष्टाचार गरेर कमाएको कालो धन भारतमा ल्याएर प्रत्येकको खातामा १५ /१५ लाख दिने , पेट्रोल डिजेलको भाउ घठाउने र महङ्गाई कमगर्ने साथै काङ्ग्रेस मुक्त भारत बनाउने नाउँमा मत मागेका थिए। सन २०१४ को निर्वाचन परिणाम आयो भाजपा एक्लैले २८२ सिट ल्याएर २६ मई सन २०१४ मा नरेन्द्र दामोदर दास मोदी प्रधानमन्त्रीको रूपमा सपथ लिएका थिए। उनले गरेको वाचा पुरा गर्नुको सट्टामा विपक्षी दलका भ्रष्टाचार गर्ने नेता खोजी खोजी कारबाही गर्न ED र CBI, लाई प्रयोग गरे, निर्वाचन आयोग र राष्ट्रको चौथो अंङ्ग भनेर चिनिने टेलिभिजन एङ्कर र पत्र पत्रिकाका सम्पादकहरू बिजेपीका भक्तको रूपमा काम गराउने वातावरण बनाए, सरकारले काम गर्न सक्दैन तर गोदी मिडियाले सरकारलाई सोध्नुपर्ने प्रश्न विपक्षी दलका नेतालाई सोध्ने, निर्वाचनमा हिन्दु मुस्लिम कार्ड खेलि जातजातिका नाउँमा लडाई झगडा गराउने साथै भारतमा काङ्ग्रेस गठबन्धनले विजय गरेमा पाकिस्तानमा पटका पटक्न्छ भनि विविदस्पद भाषण गर्ने गरेका थिए।

एकलौटी भाजपाको प्रवक्ताको रूपमा गोदी मिडिया तयार गरि सन २०१९ को निर्वाचनमा समेत बिजेपीले ३०३ सिट बिजय हासिल गरि ३० मई २०१९ मा नरेन्द्र दामोदर दास मोदीले सरकार बनाएको थियो। दोस्रो कार्यकाल समाप्त हुँदा पनि न पन्द्र पन्द्र लाख कालो धन खातामा आयो, न प्रतिवर्ष दुई करोड नोकरी नै भारतीय सरकारले भर्ती गर्यो ? तर पनि कुरालाई आफ्नो भाषण मार्फत घुमाउन सिपालु प्रधानमन्त्री नरेन्द्र मोदीले दुई कार्यकाल पुरा गरेका छन। नरेन्द्र मोदी विवादस्पद राजनीति गर्दै भारतको सत्तामा उदय भएका हुन। उनले नोट बन्दि जस्तो काम गरेर विविदस्पद बनेका थिए। उनी अक्टोबर २००१ देखि २२ मई २०१४ सम्म गुजरातको मुख्यमन्त्री थिए।

भारत सरकारले तेस्रो कार्यकालका लागि सन २०२४ अप्रिल – १९, २६, मई ७, १३, २०, २५ र जुन १ तारिखमा गरि सात चरणमा निर्वाचन गर्ने तालिका बनाएकोछ, पहिलो, दोस्रो चरणको १०२ सिट र दोस्रो चरणको ८८ सिटमा निर्वाचन भै सकेकोछ। पहिलो चरणको निर्वाचन हुनु अघि प्रधानमन्त्री आमसभामा सम्बोधन गर्दा “अबकी बार चार सौ पार” को नारा लगाएर थाक्दैन थिए। तर पहिलो चरणको निर्वाचन आँकडाले “अबकी बार चार सौ पार” को नारा छोडेर आदिवासी, दलित पिछडा कार्ड खेले त्यो मात्र हैन, कस्ले मासु खान्छ, कस्ले माछा खान्छ भन्ने कार्ड मात्र खेलेनन् , महिलाले लाउने गर गहना र गाडी र सम्पत्तिको कार्ड खेल्दैछन र झन विवादस्पद बन्दै गएका छन, काङ्ग्रेसका सहजादे ने जित लिया तो गरगहना लगाउने माता और बहनौंको र गाडी घोडाको छानबिन गर्छ त्यो मात्र कहाँ हो र सम्पत्तिको जाँच गरि सरकारीकरण गरेर बच्चा धेरै जन्माउने समुदायलाई वितरण गर्छ भनि प्रधानमन्त्रीले मुस्लिम कार्ड खेलेर तल्लो स्तररमा झरेर भाषण गरेको सुहाएको छैन।

विपक्षी दल बाट निर्वाचित प्रतिनिधिलाई CBI र ED भ्रष्टाचार गरेको नाउँमा निर्वाचित मुख्यमन्त्री जस्तै झारखण्डको मुख्यमन्त्री हेमन्त सोरेन र दिल्लीको मुख्यमन्त्री अरबिन्द केजरिवाल लाई जेलमा पठाएका छन। जेल जान तयार नभएका हरू बिजेपीमा समावेश भएका छन, बिजेपी प्रवेश गर्ने वित्तिकै जति भ्रष्टाचार गरेपनि दुधले नुहाएर चोखो बनाएर आफ्नो पार्टीमा संरक्षण दिएर राखेकाछन। जन निर्वाचित सरकारलाई पैसाले खरिद गरेका छन उदाहरण “मध्ये प्रदेशको ज्योतिरआदित्य सिंधियालाई २२ एमएले सहित लिएर बिजेपीमा समावेश भएको उदाहरण ताजा नै छ।” मध्येप्रदेशको मुख्यमन्त्री कमलनाथ सरकार बहुमत नभएका कारण राजिनामा दिई शिवराज सिंह चौहान मुख्यमन्त्री बनेको उदाहरण ताजा नै छ। काङ्ग्रेस पार्टीमा भ्रष्टाचारमा संलग्न भएका नेता हेमन्त विश्व शर्मालाई बिजेपीमा प्रवेश गराई शुद्ध बनाएर हाल आसामको मुख्यमन्त्री बनाएका छन। महाराष्ट्रका महाविकास अघाडि गठबन्धनका अजित पावर, र शिवसेनाका एकनाथ सिंधे भ्रष्टाचारी थिए। आज उनीहरूले गरेको भ्रष्टाचार शुद्ध बनाएर बिजेपीमा समावेश गरेका जस्ता धेरै उदाहरण छन। भ्रष्टाचार गरेर बिजेपी प्रवेश पछि दुधले नुहाएर शुद्ध बनाएका भारतका हरेक राज्यका नेताहरू धेरै छन।

निर्वाचनमा मतदाता समक्ष भ्रष्टाचार विरोधि भाषण गर्ने तर काम चाहि आफै भ्रष्टाचार गर्ने बिजेपीको नीति २०२४ मा अनुमोदन हुने वा सरकार बाहिर पठाउने हुन, भारतीय मतदाताले मतदान हुन बाँकी पाँच चरणको मतदानले अवश्य तय गराउने छन। बिजेपीले “चार सौ पार” को नारा लगाएर सन १९५० मा डाक्टर भीमराव अंम्बेडकरले बनाएको सम्बिधान संसोधन गरि हिन्दु मुस्लिम र दलित कार्डलाई संसोधन गर्ने आम मतदाताले शङ्काको घेरामा राखेका कारण सन २०२४ मा बिजेपीले निर्वाचनमा ह्याट्रिक गर्ने कुरा सपनामा मात्र भन्ने देखाउन बेर छैन।

राहुल गान्धीले करिब ४ हजार किलोमिटर भारत जोडो यात्रा कन्याकुमारी देखि काश्मिर सम्म गरेका छन भने न्याय यात्रा पनि गरेका छन। यसले भारतको मतदातामा ठूलो उत्साह देखिएकोछ भने बिजेपी लाई अर्थात नरेन्द्र दामोदर दास मोदीलाई RSS का स्वयं सेवक कार्यकर्ताले सघाएका छैनन र RSS को निर्वाचन सर्वेक्षणले पनि मोदी सरकारले यो निर्वाचन बहुमत ल्याउन नसक्ने सर्वेक्षण गरेको कारण मोदीले बिभिन्न सभामा आफ्नो दश बर्ष कार्यकालमा गरेको कामको बिबरणको बदलामा माछा खाने, मासु खाने, गर गहना लाउने र गाडी खरिद गर्ने व्यक्तिको छानबिन गर्ने र घर जग्गालाई सरकारको मातहतमा ल्याई धेरै बच्चा जन्माउने लाई दिनेछ भनि बेतुकको भाषा बोलेर आफ्नो पहिचान गुमाउदै छन।

काङ्ग्रेसले बिजेपीको भ्रष्टाचार गर्ने तौर तरिका को बारेमा र दुई चार उध्योगपतिलाई १० खर्ब ऋण मिनाहा गरेको र किसानलाई २ खर्ब मात्र मिनाहा गरेको बारेमा मतदातालाई सुसुचित गराएको छ। इलेक्ट्रोरल बोण्डको माध्यमबाट भ्रष्टाचार कसरी भै रहेको छ भनि मतदातालाई पर्चा पम्प्लेट तयार गरि घरघरमा बितरण गर्ने र आमसभा मार्फत बुझाइ रहेको छ। बिजेपी निर्वाचनमा आत्तिएको छ। सायद सन २०२४ को चुनाव आफ्नो हातबाट बाहिर जान सक्ने सङ्केत देखाएको छ।

लोकसभामा ५४३ सदस्य हुन्छन्। कुनै दलविशेष वा गठबन्धनलाई बहुमत पुर्‍याउन २७२ सीट चाहिन्छ।

लोकसभाका सदस्यहरू पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुन्छन् र प्रत्येक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ।

‘अनुसूचीकृत जाति’ र ‘अनुसूचीकृत आदिवासी’ समुदायका लागि १३१ वटा सीटको आरक्षण छ।

चुनावमा कसरी हुन्छ धाँधली, कसरी रोक्न सकिन्छ
‘निर्वाचित तानाशाही’: भारतमा लोकतन्त्र खस्किँदो अवस्थामा देखिएको छ।
ती समूहलाई पछि परेको समुदायका रूपमा मान्यता दिइएको छ र उनीहरूले भारतको जनसङ्ख्याको एकचौथाइ भागको प्रतिनिधित्व गर्छन्।

भारतले एकतिहाइ सीट महिलाका लागि छुट्ट्याउने कानुन पनि अनुमोदन गरेको छ। यद्यपि त्यो अझै कार्यान्वयनमा आइसकेको छैन। भारतमा मत कसरी सङ्कलन गरिन्छ
भारतको क्षेत्रफल १३ लाख वर्गमाइल छ। निर्वाचन सम्बन्धी नियमले प्रत्येक मतदान केन्द्र मानव बस्ती नजिकै हुने व्यवस्था गरेको छ।

सन् २०१९ को निर्वाचनमा गुजरातको गीर राष्ट्रिय निकुञ्जको दुर्गम वनक्षेत्रनजिकै त्यहाँ बसोबास गर्ने एक व्यक्तिका लागि मतदान केन्द्र स्थापना गरिएको थियो भने,

सन् २०२४ को निर्वाचनमा उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशमा एउटी एकल महिलाको मत सङ्कलन गर्न अधिकारीहरूले २४ माइल यात्रा गर्ने भनिएको छ।

सन २०२४ को लोकसभाको ५४३ सदस्यको निर्वाचन सत्ता पक्ष NDA र विपक्षी गठबन्धन INDIA बीच मत परिणाम कस्तो आउने हो भन्ने कुराले दुबै गठबन्धनलाई फलामको चिउरा साबित गरेको छ। मोदी सरकार बनेपछि अखिल भारतीय राष्ट्रिय काङ्ग्रेसले लागु गरेको योजनालाई नै नाम परिवर्तन गरि प्राथामिक क्षेत्रमा राखेको छ र यो सबै बिजेपीले गरेको हो भनेर बिज्ञापन गरि रहेको छ। भने अर्को तर्फ राहुल गान्धी ले पनि पढेलेखेका युवा बेरोजगार तीस लाख भर्ती गर्ने, डिप्लोमा पास गरेका बेरोजगारीलाई भत्ता दिने प्रत्येक घरको गरिब महिलालाई प्रत्येक बर्ष एक लाख दिने र जातीय जन गणना गरि त्यसैको आधारमा सरकारले न्याय योजना ल्याउने जस्ता क्रान्तिकारी योजना बनाई निर्वाचनमा गएकोछ साथै भारत सत्तरी सालमा सबै भन्दा बेरोजगार बिजेपी ले बनाएको छ। कोभिड-19 पछि स साना व्यापारी पलायन भएका छन, यिनिहरूलाई व्यवस्थापन गर्ने कुरा लिएर निर्वाचनमा गएको छ, हेरौं NDA ले बाजी मार्ने हो वा INDIA गठबन्धनले बाजी मार्ने हो ? ४ जुन सन २०२४ तारिखमा हुने मतगणनाको परिणामले त्यस्को स्पष्ट बाटो देखाउनेछ वा त्रीसङ्कु संसद हुनेछ भन्ने कुरा अबको केही समय अर्थात ४ जुन सम्म पर्खनु नै पर्नेछ। धन्यबाद।

नारायणबहादुर बस्नेत
मेचिनगर -८ झापा।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार