इलाम-२ मा प्रतिनिधिसभा उपनिर्वाचनमा शनिबार किरियापुत्रीले पनि मतदान गरेका छन् ।

आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र ‘क’ मा पुगेर मतदान गरेका हुन् ।

इलाम-२ बाट गत ४ मंसिर २०७९ मा भएको चुनावमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन गरिएको हो । शनिबार विहानदेखि नै इलाम-२ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार