सशस्त्र प्रहरी बल नेपालद्धारा झापा जिल्लामा ठुलो परिमाणमा लत्ताकपडाहरु बरामद गरेको जनाएको छ।

मेचीनगर न.पा. ७ सालघारी र गैरिगाँउ सीमा ईलाकामा स.प्र.बल, नेपाल (प्रस्ताबित) सी.सु. गुल्म काकरभिट्टाले मंगलबार बिहान ७ बजेतिर ५१ पोका  लत्ताकपडा पक्राउ गरेको जनाएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्‍ठको कमाण्डमा खटिएको २५ जनाको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याएको सामानहरु नियन्त्रण लिएको सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रवक्ता डिएसपी दिनेश कटुवालले जानकारी दिनु भएको छ ।

प्रवक्ता कटुवालका अनुसार नेपाल प्रहरी र भन्सार कार्यालयको आवश्यक सहयोगमा अन्दाजी ३८ लाख मुल्य (अड्तीस लाख) बराबरको लत्ताकपडा बरामद गरी आवश्यक कारबाहिको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको जनाएको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार