१८ बैशाख, बझाङ्ग, । नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आज बैझाङ्गको चैनपूरमा १ सय ७८ औं पटकको रक्तदान गर्नुभएको छ । शतक रक्तदाता कर्माचार्यले तत्कालिन संविधान सभा सदस्य चन्द्रा जाेशीकाे प्रमुख आतिथ्यता आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाजको ३८औं बझाङ जिल्ला गठनार्थ एक अन्तरकृयात्मक भेलामा १ सय ७८ औं पटक रक्तदान गर्नुभएको हो ।

शतक रक्तदाता कर्माचार्यले अझैपनि यूवापुस्तामा रक्तदान गर्नुपर्छ भन्ने चेतनाको कमी भएकोले कारणले आफूले विभिन्न जिल्लाहरुमा गई उत्प्रेरणकालागि रक्तदान गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “म सम्पूर्ण यूवाहरुमा अनुरोध गर्दछु मानवीय जीवनको सर्बोत्तम कार्यमा आफ्नाो १८औं जन्मोत्सव सँगसँगै रक्तदानमा सरिक हुनुहोस ।”

बझाङ्ग बाटै समाजले गत बर्ष फागुनमा सम्पन्न दोलखा बैठकले पारित गरेको रगत दान गर्दा दातालाई हुनसक्ने असरको बारेमा “Adverse Events And Correlating Factors In Nepalese Blood donors’ ” शिर्षकको अनुसन्धान कार्यपनि शुरु गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक कर्माचार्यले जानकारी दिनुभयो । साथै उहाँले सम्पूर्ण रक्तदाताहरुलाई अनुसन्धान फारम भरेर सहयोग गरिदिन आग्रह गर्नुभयो । त्यस्तै भेलाले सरस्वती जाेशी अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बझाङ्ग जिल्ला शाखा गठन गरेको छ । जस्कोमा उपाध्यक्षमा बसन्ती जाेशी, सचिव महेन्द्र बहादुर खड्का, काेषाध्यक्ष पशुपति भट्टलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा बाम बहादुर भण्डारी, पूर्ण बहादुर भण्डारी, श्याम नेपाली, डी.बी. बिष्ट, रमेश खाती, इन्द्रबहादुर बाेहरा, कल्पना राेकाया र देवीचन्द्र थापालाई चयन गरेको छ भने सल्लाहकारहरूमा : लालबहादुर धामी संयाेजक रहने गरि सञ्जीव भण्डारीर र गंगा प्रसाद जाेशीलाई चयन गरेको छ ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजद्वारा प्रकाशनमा ल्याएकाे नयाँ वर्षको ज्ञानवर्धक भित्तेपात्राे लगायत समाजका अन्य प्रकाशन समाग्रीहरू नव गठित कार्यसमितिलाई उपलब्ध गराउनु भएको थियो ।

नवगठित नेपाल स्वयंसेवी रक्तदाता समाज बझाङ जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बिशेष अतिथि समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले खादा लगाई बधाई ज्ञापन गर्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार