जनक राजवंशी / हल्दिबारी, २१ बैशाख । हल्दिबारी गाउँपालिका वडा नं. २ पाराखोपी बजार स्थित श्री नवदुर्गा मन्दिर परिसरमा सामुदायिक भवनको प्रदेश सभा सदस्य माननिय छविलाल चुडाल र वडा अध्यक्ष शुकलाल राजवंशीले धार्मीक विधि अनुसार शिलान्यास गर्नु भएको छ । प्रदेश सरकारको सहरी बिकास कार्यक्रम अन्तर्गत २८ लाखमा बन्न लागेको सामुदायिक भवनमा २० ओटा पिलर र २९ फिट चौडाइ र ६० फिट लम्बाई रहने छ ।

सामुदायिक भवन शिलान्यास कार्यक्रमलाई प्रमुख अतिथि माननिय छविलाल चुडाल, वडा नंं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, सहरी बिकास कार्यक्रमका ओभरसियर मोहनलाल राजवंशी लगायतले सामुदायिक भवनको औचित्य र समयमै सम्पन्न हुने कुरामा आ–आफ्नो धारणा राखेका थिए ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार भण्डारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य मन्दिर ब्यवस्थापन समितिका सदस्य नारायण प्रसाद लुईटेलले गरेका थिए भने कार्यक्रमको संचालन सचिव टिका दाहालको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार